Kathmandu Press

घान्द्रुकमा न्यानो कपडा बितरण

काठमाडौं, फागुन ६ : कास्कीकोअन्नपूर्ण गाउपालिका–१०स्थित परियार बस्तीमा संस्कार समाज नेपालले न्यानो कपडा वितरण गरेको छ । संस्कार समाज नेपालको १५९ औं शृंखला...
घान्द्रुकमा न्यानो कपडा बितरण
Hardik ivfHardik ivf

काठमाडौं, फागुन ६ : कास्कीकोअन्नपूर्ण गाउपालिका–१०स्थित परियार बस्तीमा संस्कार समाज नेपालले न्यानो कपडा वितरण गरेको छ । संस्कार समाज नेपालको १५९ औं शृंखला अन्तर्गत परियार बस्तीमा न्यानो कपडा वितरण गरेको हो । अध्यक्ष पशुपति गुरूङको आर्थिक सहयोगमा परियार बस्तीमा न्यानो कपडा वितरण गरिएको हो ।

तीन वर्षदेखि जनचेतनामूलक कार्यक्रम गर्दै आएको संस्थाले कोभिड–१९ का महामरीमा राहत कार्यक्रमसमेत संचालन गरेको संस्थाले परियार बस्तीका २६ परिवारलाइ न्यानो कपडा वितरण गरेको सचिव प्रकाश समिरले जानकारी दिए ।

न्यानो कपडा वितरण कार्यक्रममा अध्यक्ष गुरूङले आफू लुगा लिएर नभई माइतीलाई कोसेली लिएर आएको बताइन् । उनले चेलीको कोसेली स्वीकार गर्न पनि आग्रह गरिन् । उनले संस्कार समाज नेपालको अभियानबारे बताउँदै काम गर्ने संस्कारको विकास गर्न आग्रह पनि गरिन्।

 

प्रकाशित मिति: ११:२३ बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्