Kathmandu Press

प्रधानन्यायाधीश जबराले भने, 'हामीलाई एकदम हतार छ'

प्रधानन्यायाधीश जबराले भने, 'हामीलाई एकदम हतार छ'

काठमाडौं, माघ ९ : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराले छिटो बहस सक्न आग्रह गरेका छन्। उनले यो मुद्दा टुंग्याउन हतार रहेको बताएका छन्।

शुक्रबार संवैधानिक इजलासमा बहस गर्न आएका कानुन व्यवसायी कोपिलप्रसाद अधिकारीसँगको सवालजवाफमा प्रधानन्यायाधीश जबराले हतार रहेको बताएका हुन्। उनले कानुन व्यवसायी अधिकारीलाई १० मिनेटमा बहस टुंग्याउन आग्रह गरेका थिए।

Hardik ivf

कानुन व्यवसायी अधिकारीले १५ मिनेट मागेपछि प्रधानन्यायाधीश जबराले भने, 'हामीले पटकपटक भनिरहेका छौं। अवस्था यस्तै छ। तपाईंहरू झन्डै तीन सय जना हुनुहुन्छ।'

अधिकारीले पनि नाम लेखाउन मात्रै नआएको जबाज दिए। त्यसपछि प्रधानन्यायाधीश जबराले हतार रहेको बताएका हुन्। 'दुई महिना लिन्छौं भने पनि दिन्छौं,' समयमै मुद्दा टुंग्याउने पर्ने बताउँदै प्रधानन्यायाधीश जबराले थपे, 'हामीलाई एकदम हतार छ।'

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आइतबारदेखि निरन्तर बहस भइरहेको छ। ६ दिनसम्म पनि निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएको छैन। अझै सरकारी पक्षका कानुन व्यवसायीको बहस हुन बाँकी नै छ।

आजको इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना पनि पेश गरिएको छ। बिहीबारको बहसमा निवेदक पक्षका कानुन व्यवसायीले राजपत्रमा सूचना प्रकाशित नभएको जिकिर गरेपछि महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई सूचना पेश गर्न आदेश भएको थियो। महान्यायाधिवक्ता खरेलले राजपत्रमा प्रकाशित सूचना पेश गरेका हुन्।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी रहेको छ।

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, माघ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्