Kathmandu Press

एचआईभी संक्रमित किशोरीको उपचारका क्रममा मृत्यु

सप्तरी, माघ ५ : सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी संक्रमित एक किशोरीको मृत्यु भएको छ।राजविराज नगरपालिका–१ चनौराकी १६ वर्षीया किशोरीको स्थानीय गजेन्द्र नारायण...
एचआईभी संक्रमित किशोरीको उपचारका क्रममा मृत्यु
Hardik ivfHardik ivf

सप्तरी, माघ ५ : सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी संक्रमित एक किशोरीको मृत्यु भएको छ।

राजविराज नगरपालिका–१ चनौराकी १६ वर्षीया किशोरीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले बताए।

एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममै उनको ज्यान गएको डा. झाले बताए।

नौ वर्षअघि एचआइभी संक्रमणबाटै उनका बाबुआमाको मृत्यु भएको थियो। एचआईभी एड्सकै कारणले उनको पनि मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए।

उनकी आमाको २०६८ वैशाख १ गते एचआइभी एड्सबाट मृत्यु भएको थियो। त्यसको तीन दिनपछि बुवाको मृत्यु भएको थियो।

उनका भाइ १२ वर्षीय बालक पनि एचआइभी संक्रमित हुन्। उनले नियमित औषधि खाने गरेको पारिवारिकजनले जनाएका छन्। (रासस)

प्रकाशित मिति: १०:३० बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्