Kathmandu Press

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक शुक्रबार बस्ने 

बैठकको मूल एजेन्डा संसद् विघटनविरुद्धको आन्दोलनलाई कसरी प्रभावकारी र सशक्त बनाउने भन्ने नै रह्यो । हालसम्म भएका आन्दोलनको समीक्षा गर्दै आगामी कार्यक्रमका बारेमा पनि छलफल भयो ।
दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक शुक्रबार बस्ने 

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध जारी आन्दोलनलाई अझ प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको  छ । स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार स्थायी कमिटी बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको हो ।

पन्तले भने, ‘बैठकको मूल एजेन्डा संसद् विघटनविरुद्धको आन्दोलनलाई कसरी प्रभावकारी र सशक्त बनाउने भन्ने नै रह्यो । हालसम्म भएका आन्दोलनको समीक्षा गर्दै आगामी कार्यक्रमका बारेमा पनि छलफल भयो ।’ उनले स्थायी कमिटीको बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्ने जानकारीसमेत दिए ।

प्रकाशित मिति: १८:१९ बजे, बिहीबार, माघ १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्