Kathmandu Press

उपत्यकामा थपिए कोरोनाका २४६ नयाँ संक्रमित

काठमाडौं, पुुस २९ : काठमाडौं उपत्यकामा बुधबार २४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा १८९ जना, ललितपुरमा ३८...
उपत्यकामा थपिए कोरोनाका २४६ नयाँ संक्रमित
Hardik ivfHardik ivf

काठमाडौं, पुुस २९ : काठमाडौं उपत्यकामा बुधबार २४६ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा १८९ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, बुधबार नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ जना पुगेको छ। 

साथै गत २४ घण्टामा ४१४ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ। 

मन्त्रालयका अनुसार कोरोनामुक्त हुने दर नेपालमा ९७.६ प्रतिशत रहेको छ।

प्रकाशित मिति: १६:३१ बजे, बुधबार, पुस २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्