Kathmandu Press

मजदूरको सुरक्षा मजबुद पार्न आग्रह

काठमाडौं, पुस २५ : विकास निर्माणको कार्य गर्दा वा गराउँदा पूर्वसावधानी अपनाई जीउज्यानको सुरक्षामा पहिलो प्राथमिकता दिन मजदूरले आग्रह गरेका छन्। गाउँ क्षेत्रका...
मजदूरको सुरक्षा मजबुद पार्न आग्रह
Hardik ivf

काठमाडौं, पुस २५ : विकास निर्माणको कार्य गर्दा वा गराउँदा पूर्वसावधानी अपनाई जीउज्यानको सुरक्षामा पहिलो प्राथमिकता दिन मजदूरले आग्रह गरेका छन्। गाउँ क्षेत्रका सडक निर्माण गर्दा डोजरले यत्रतत्र झारेका ढुङ्गाले मानिसको ज्यानसमेत जान थालेपछि सबैखाले विकासको काममा सहभागी गराइने मजदूरको सुरक्षामा पहिलो ध्यान दिन आवाज उठेको छ।

रसुवा जिल्लाको अधिकांश भूभाग भिरालो भएको र ती स्थानमा सडक मार्ग खुलाउँदा स्काभेटर तथा डोजरजस्ता उपकरणले फ्याँकेका ढुङ्गा र माटोले वर्षायाममा भूक्षयको सम्भावना बढ्दै गएको छ। सडक खन्दा निस्केका ढुङ्गा र माटो सही तरिकाले व्यवस्थापन नगर्दा विभिन्न दुर्घटना हुने गरेकाले त्यसको सही ठाउँमा व्यवस्थापन हुनुपर्ने बुद्धिजीवीको सुझाव छ। 

सडकको ट्रयाक तथा वर्षे पानी व्यवस्थापनका लागि डोजरले जमीन खोल्ने र टेवा पर्खाल एवं नालीको काममा संलग्न मजदूरलाई कार्यस्थलमा आवश्यक सुरक्षा व्यवस्था गर्न नौकुण्डका समाजसेवी सुरेश तामाङले आग्रह गरे। काम लगाएको स्थानमा मजदूरलाई सुरक्षा सामग्री प्रदान नगर्नु, जोखिम न्यूनीकरणका लागि अगुवा नाइकेको व्यवस्था नहुनु र पूर्णरूपमा कामको जिम्मा पाएका व्यक्ति, फर्म, वा कन्सल्टेन्सीका जिम्मेवार व्यक्ति उपस्थित नहुनेजस्ता कारण मजदूरको ज्यान जोखिममा परेको तामाङले बताए। 
   
काम गर्ने स्थानमा विद्युत् आयोजनामा जस्तै हेलमेट, पञ्जा, गमबुठ, सफापानी, प्राथमिक उपचारका सामग्री र स्वास्थ्यकर्मीसमेतको व्यवस्था गर्न मजदूरले मागसमेत गरेका छन्। धुुञ्चे–९ केवु त्रिशूली खोला सडकको नाली निर्माणको काम गरिरहेको अवस्थामा नौकुण्ड गाउँपालिका–१ संयुल गाउँका मजदूर दमै थोक्राको डोजरले पल्टाएकै ढुङ्गाले किचेर यही पुस २१ गते घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:१८ बजे, शनिबार, पुस २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्