इलाममा पिकअप दुर्घटनाः दुईको मृत्यु, दुई घाइते
काठमाडौं, मंसिर १६ : इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।राँके बजारबाट झापाको दमकतर्फ जाँदै...
काठमाडौं, मंसिर १६ : इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ ।
इलामका प्रहरीका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को २ च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो ।
प्रकाशित मिति: १३:०३ बजे, मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(2)-1753530264.png)