Kathmandu Press

प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड विजयी, चेल्सी र टोटनह्याम बराबरीमा 

काठमाडौं, मंसिर १५ : इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले साउथह्यनाम्पटनलाई ३–२ ले हराएको छ ।गएराती नै भएको अर्को खेलमा आर्सनललाई वुल्भरह्याम्पटन वान्डरर्सले...
प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड विजयी, चेल्सी र टोटनह्याम बराबरीमा 

काठमाडौं, मंसिर १५ : इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले साउथह्यनाम्पटनलाई ३–२ ले हराएको छ ।

गएराती नै भएको अर्को खेलमा आर्सनललाई वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले पराजित गरेको छ । यस्तै शिर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् ।

चेल्सीको मैदानमा भएको लण्डन डर्बी बराबरीमा सकिएपछि चेल्सीले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । १० खेलबाट २१ अंक जोडेको टोटनह्याम शिर्ष स्थानमा रहँदा १९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

प्रिमियर लिग फुटबलमा आज लेष्टर सिटी र फुल्हम भिड्दैछन् ।
 

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, मंसिर १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्