Kathmandu Press

थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

८ हजार ८ नमुना परीक्षण गर्दा १२ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो।
थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १४ : नेपालमा थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ८ नमुना परीक्षण गर्दा १२ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ हजार ४ सय ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हाल देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन् भने ६३२ जना क्वारेन्टाइनमा रहेका छन्।

प्रकाशित मिति: २२:१८ बजे, आइतबार, मंसिर १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्