Kathmandu Press

कुपोषण र रतन्धाेबाट जोगाउने एक बुँद (तस्बिरहरु)

देशभर ६ महिनादेखि पाँच वर्षसम्मका २७ लाख आठ हजार चार सय ५९ बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य रहेको छ।
कुपोषण र रतन्धाेबाट जोगाउने एक बुँद (तस्बिरहरु)

काठमाडौं, मंसिर १२ : आज दोस्रो दिन पनि देशभर बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत पाँच वर्षमूनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँन थालिएको हो।

बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाउने कार्यक्रम तय रहेको थियो। तर, दशैंका कारण स्थगित गरिएको थियो।

त्यसको सट्टा बिहीबार र शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो। देशभर ६ महिनादेखि पाँच वर्षसम्मका २७ लाख आठ हजार चार सय ५९ बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य रहेको छ।

काठमाडौंको टेकुस्थित हुमादमा पनि बालबालिकालाई भिटामिन ए खुवाइँदै छ। कोरोना भाइरसको कारण भिटामिन ‘ए’ खान आउने बालबालिकाको संख्या घटेको स्वास्थ्यकर्मी संगीना रजकले बताइन्। यसले बालबालिकालाई रतन्धो र कुपोषणको समस्याबाट जोगाउँछ।

भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा खुवाइँदै छ।

 

प्रकाशित मिति: १७:५४ बजे, शुक्रबार, मंसिर १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्