Kathmandu Press

च्याम्पियन्स लिगको नक–आउट चरणमा बार्सिलोना र चेल्सी 

काठमाडौं, मंसिर १० : शिर्ष क्लबहरु बार्सिलोना, चेल्सी, युभेन्टस र सेभिया युरोपियन च्याम्पियन्स लिग फुटबलको नक–आउट चरणमा प्रवेश गरेका छन् ।गएराती भएको समुहका...
च्याम्पियन्स लिगको नक–आउट चरणमा बार्सिलोना र चेल्सी 

काठमाडौं, मंसिर १० : शिर्ष क्लबहरु बार्सिलोना, चेल्सी, युभेन्टस र सेभिया युरोपियन च्याम्पियन्स लिग फुटबलको नक–आउट चरणमा प्रवेश गरेका छन् ।

गएराती भएको समुहका चौथो चरणका खेलहरु जित्दै यी चार टोलीले प्रतियोगिताको ‘राउण्ड अफ सिक्सटिन’ मा ठाउँ बनाएका हुन् । समुह ‘जि’ को खेलमा युक्रेनको डाईनामो किभलाई ४–० ले हराउँदै बार्सिलोना नक आउट चरणमा उक्लिएको हो । यही समुहको अर्को खेलमा हंगेरीको फेरेन्कभारोसलाई २–१ ले हराउँदै युभेन्टस पनि अर्को चरणमा पुग्यो ।

समुहका ४ खेलबाट बार्सिलोनाको १२ तथा युभेन्टसको ९ अंक भएको छ । युएफा च्याम्पियन्स लिगको समुह ‘ई’ बाट चेल्सी र सेभिया नकआउट चरणमा पुगेका छन् । गएरातिको खेलमा फ्रान्सको रेनेजलाई २–१ ले हराउँदै चेल्सी तथा रुसको एफसी क्रस्नोडारलाई २–१ ले हराउँदै सेभिया राउण्ड अफ सिक्सटिनमा पुगेका हुन् ।

च्याम्पियन्स लिगकै अन्य खेलहरुमा जर्मनीको बोरुसिया डर्टमण्डले बेल्जियमको क्लब ब्रुजलाई ३–० ले हराउँदा इटालीको लाजियोले रुसको जेनिथलाई ३–१ ले पाखा लगायो ।

समुह ‘एच’ को खेलमा इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेडले टर्कीको इस्तानबुल बशाक्शेरलाई ४–१ ले पराजित गर्दा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जर्मनीको आरबी लेप्जीगलाई १–० ले हरायो । 

प्रकाशित मिति: १३:४४ बजे, बुधबार, मंसिर १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्