Kathmandu Press

विश्वभर एकैदिन ५ लाख ३४ हजार संक्रमित थपिए 

विश्वभर एकैदिन ५ लाख ३४ हजार संक्रमित थपिए 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १० : विश्वमा एकैदिनमा ५ लाख ३४ हजार ७०१ संक्रमित थपिएका छन् । बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ हजार ९१४ पुगेको छ ।

यस्तै, एकैदिन ११ हजार ६५२ जनाले ज्यान गुमाएका छन् । यो सँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख १३ हजार ७३३ पुगेको वल्डोमिटर्सले जनाएको छ । संक्रमित १ करोड ७१ लाख ५४ हजार ३५७ जनामा सक्रिय संक्रमित रहेका छन् ।

उनीहरुमध्ये १ लाख ३ हजार ५६६ जनाको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ४ करोड १५ लाख ११ हजार ८२४ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमण सबैभन्दा बढी रहेको अमेरिकामा संक्रमित संख्या १ करोड २९ लाख ५१ हजार ७२९ पुगेको छ ।

अहिलेसम्म अमेरिकामा २ लाख ६५ हजार ८७३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै दोस्रो धेरै संक्रमित रहेको भारतमा संक्रमित संख्या ९२ लाख २१ हजार ९९८ पुगेको छ ।

अहिलेसम्म भारतमा १ लाख ३४ हजार ७४३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: १३:०३ बजे, बुधबार, मंसिर १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्