Kathmandu Press

आठौं नेपाल मानव अधिकार अन्र्तराष्ट्रिय भर्चुअल चलचित्र महोत्सव

काठमाडौं, मंसिर ९ : मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा आठौं नेपाल मानव अधिकार अन्र्तराष्ट्रिय भर्चुअल चलचित्र महोत्सव हुने भएको छ। कोरोना भाइरसका कारण चलचित्र...
आठौं नेपाल मानव अधिकार अन्र्तराष्ट्रिय भर्चुअल चलचित्र महोत्सव

काठमाडौं, मंसिर ९ : मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा आठौं नेपाल मानव अधिकार अन्र्तराष्ट्रिय भर्चुअल चलचित्र महोत्सव हुने भएको छ। कोरोना भाइरसका कारण चलचित्र महोत्सव अनलाईनको माध्ययमबाट मंसिर १० देखि १५ सम्म आयोजना हुने भएको हो। 

केन्द्रले प्रत्येक वर्ष नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्दै आइरहेको थियो। कोभिड–१९ को महामारीका कारण पूर्व निर्धारित मितिमा महोत्सव हुन सकेको थिएन। 

Hardik ivf

कार्यक्रममा ५२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रसारण गरिने छ। प्रसारण हुने चलचित्रहरु महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रसारणका लागि छनोट गरिएको छ। 

यस महोत्सवमा चलचित्रहरु चलचित्र टिभी एपमार्फत प्रशारण गरिने छ, भने अन्य छलफल, अन्र्तक्रिया तथा बहसहरु जुममार्फत गरिने छ।

यसका साथै चलचित्रकर्मीसँगको अन्र्तक्रिया, प्लानल डिस्कशनलगायतका कार्यक्रमहरु तय गरिएको छ।

प्रकाशित मिति: २३:४५ बजे, मंगलबार, मंसिर ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्