Kathmandu Press

विप्लवका सेक्सन कमान्डर हतियारसहित पक्राउ

विराटनगर, मंसिर ७ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जना सेक्सन कमान्डर हतियारसहित पक्राउ परेका छन्।प्रहरीले मोरङको उर्लाबारीबाट ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ का...
विप्लवका सेक्सन कमान्डर हतियारसहित पक्राउ

विराटनगर, मंसिर ७ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जना सेक्सन कमान्डर हतियारसहित पक्राउ परेका छन्।

प्रहरीले मोरङको उर्लाबारीबाट ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ का ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरेको हो।

Hardik ivf

उनलाई विशेष सूचनाका आधारमा उर्लाबारी नगरपालिका–६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका एसपी सन्तोष खड्काले बताए।

उनका अनुसार पक्राउ गरेर हिरासतमा लिइएका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको छ। उनले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि ‘विप्लव’ समूहको गतिविधी सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ।

उनीसँगै प्रहरीले मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन र तीन राउन्ड गोली बरामद गरेको छ। त्यस्तै, पर्चा र पम्प्लेट तथा अन्य दस्तावेजहरु पनि बरामद भएको एसपी खड्काले बताए।

प्रकाशित मिति: १६:३० बजे, आइतबार, मंसिर ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्