Kathmandu Press

उपत्यकामा थपिए १८ सय ८८ काेराेनाका संक्रमित

संक्रमितमध्ये काठमाडौंका १५०८, ललितपुरका २४९ र भक्तपुरका १३१ जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। 
उपत्यकामा थपिए १८ सय ८८ काेराेनाका संक्रमित

काठमाडाैं, कात्तिक १४ : काठमाडौं उपत्यकामा १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये काठमाडौंका १५०८, ललितपुरका २४९ र भक्तपुरका १३१ जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। 

Hardik ivf

याेसहित काठमाडौंमा मात्र काेराेना संक्रमितकाे संख्या ६० हजार ७४२ पुगेको छ। जसमध्ये १६ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै, ४४ हजार २८८ जना निको भएका छन् भने २१२ जनाको काेराेना संक्रमणकाे कारण मृत्यु भएको छ। 

त्यस्तै, ललितपुर जिल्लामा काेराेना संक्रमितको संख्या ८५ सय ९९ पुगेकाे छ। जसमध्ये २३ सय ४५ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै याे अवधिमा ६१ सय ९६ जना काेराेनामुक्त भएका छन्, भने ५८ जनाको मृत्यु भएको छ।

भक्तपुर जिल्लामा कुल ५६ सय ५० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। जसमध्ये ११ सय ६५ जना सक्रिय संक्रमित रहेका छन्। याे अवधिमा ४ हजार ४२२ जना काेराेनामुक्त हुँदा ६३ जनाको मृत्यु भएको छ।

त्यस्तै, शुक्रबार देशभर ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ।

प्रकाशित मिति: २२:३३ बजे, शुक्रबार, कात्तिक १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्