Kathmandu Press

साबुन–पानी वा ह्यान्ड स्यानेटाइजर– कुनले चाँडै मर्छ कोरोना भाइरस?

काेही मानिस घर बाहिर रहन्छ भने स्यानिटाइजरको प्रयोग उपयुक्त हुन्छ। तर, साबुन पानी भएको अवस्थामा भने स्यानिटाइजरको प्रयोग उपयुक्त होइन।
साबुन–पानी वा ह्यान्ड स्यानेटाइजर– कुनले चाँडै मर्छ कोरोना भाइरस?

काठमाडौं, कात्तिक १४ : लकडाउनको समयमा कोरोना भाइरससँगको लडाइका लागि मास्क लगाउनुका साथै सामाजिक दुरी कायम गर्दैै साबुन पानीले हात धुने महत्वपूर्ण अस्त्रको रुपमा प्रयोग भैरहेको छ। अहिले विश्वभरकै मानिसहरुका लागि सावुन पानीले हात धुने, सेनेटाइजर लगायने जस्ता गतिविधि बानीझै भैसकेका छन्। 

गत फेब्रुअरीबाट पुरै विश्वमा कोरोना भाइरसको एक स्वास्थ्य आपतकालबाट बच्न स्वास्थ्य एजेन्सीले मानिसहरुलाई लगातार यो भाइरसबाट बच्ने उपाय बताइहेका छन्। 

जानकार, डाक्टर र सरकारी अधिकारीहरुले हातलाई साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म धुनुपर्ने बताइरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एक ग्राफिक सार्वजनिक गर्दै साबुन पानीले हात धुने सही तरिका सिकाईरहेको छ। 

अहिले विश्वभरी कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ। ६ महिना लामो लकडाउनमा समेत भाइरसको संक्रमण कम नभएपछि केही मानिसहरु मास्क, फेस कभर विरुद्ध पनि उत्रिएका थिए। यस्तै हात धुने विषयको जागरुकता पनि विस्तारै घट्न थालेको देखिएको छ। एक इथियोपिआई अध्ययनले भनेको छ कि अस्पताल जाने एक हजार मानिसमा केवल १ प्रतिशत भन्दा कम मात्रै यस्ता मानिस छन्, जसले सही तरिकाले हात धुन्छन्।

बोस्टनको नर्थईस्टर्न यूनिभर्सिटिका केमिस्ट्री र केमिकल बायोलोजीका एसोसिएट प्राध्यापक थोमस गिलबर्टले कोरोना भाइरसको केमिकल मेकअपलाई समाप्त गर्ने सबैभन्दा सहज तरिका सस्तो साबुन र तातो पानीले हात धुनु भएको बताएका छन्।

‘यो भाइरसमा मेन्ब्रेन्स हुन्छ। जसले जेनेटिक पार्टिकल्सलाई घेरेको हुन्छ। यसलाई लिपिड मेन्ब्रेन्स भनिन्छ। यसलाई साबुन र पानीले समाप्त पार्न सकिन्छ,’ उनले भनेका छन्, ‘आफ्नो हातलाई भिजाउने, साबुन लगाउने र २० सेकेन्डसम्म मिचिमिचि धुने गर्नुपर्छ।’

उनका अनुसार लिपिड मेन्ब्रेन्ट र साबुनको बीचमा रासायनिक क्रिया पुरा हुदा भाइरस मर्ने गर्छ । साबुनले मेटेरियललार्ई सफा गर्न राम्रो काम गर्छ। तातो पानी र साबुनको प्रयोग गर्दा अझ राम्रो हुने उनको भनाई छ।

बेलायतको युनिभर्सिटी अफ केन्टका मोलिक्यूलर साइन्सका प्रोफेसर माइकेलिसका अनुसार केवल पानीले यो भाइसरलाई समाप्त गर्न सक्दैन। ‘खाना बनाउँदा यदी तपाईको हातमा तेल लाग्छ भने केवल पानीले मात्रै त्यसलाई सफा गर्न मुस्किल हुन्छ। त्यसैले यस्तो अवस्थामा तपाईलाई पानीसँगै साबुनको आवश्यकता हुन्छ,’ उनी भन्छन्, ‘त्यसैगरी कोरोना भाइरसलाई समाप्त गर्नका लागि पनि साबुनको आवश्यकता हुन्छ। यसले भाइरसको लिपिडको आवरण हट्छ र भाइरस निष्क्रिय हुन्छ।’

मानिसहरु घर बाहिर जाँदा स्यानिटाइजर बोकेर हिड्ने गर्छन । बेला बेला स्यानिटाइजरले हात सफा गर्छन्। यस्तो अवस्थामा पुरै दिन कोही घर बाहिर रहन्छ भने स्यानिटाइजरको प्रयोग उपयुक्त हुन्छ। तर, साबुन पानी भएको अवस्थामा भने स्यानिटाइजरको प्रयोग उपयुक्त होइन। ‘आफ्नो कारमा वा घरको ढोकामा स्यानिटाइजरको बोतल राख्नु नराम्रो होइन। तर यो तब मात्रै राम्रो हो जबकी आफ्नो घरमा साबुन र पानी छैन। म ह्यान्ड साइनिटाइरजको तुलनामा साबुन पानीलाई नै पहिलो प्राथमिकतामा राख्छु।’

महामारीको सुरुवातमा बेलायत सरकारलाई वैज्ञानिकहरुले हरेक घण्टा हात धुनु सल्लाह दिएका थिए । तर यो नियम ति मानिसहरुका लागि जरुरी छैन जो मानिसहरु घरमै बस्छन्। गिल्बर्टले घरमै बस्ने मानिसले ट्वाइलेट गएपछि र खाना खानु भन्दा पहिले  र पछि राम्रोसँग हात सफा गरे पुग्ने बताएका छन्। 

कोरोना भाइरसका विरामीको हेरचाह गर्ने मानिसहरुले भने चाँडो–चाँडो हात धुनुपर्ने हुन्छ।

केही मानिसहरु एन्टीभाइरल ह्यान्डवासको प्रयोग गर्न थालेका छन्। उनीहरुले एन्टीभाइरल ह्यान्डवास सामान्य साबुन भन्दा बढी प्रभावकारी हुने सोच्छन्। माइकेलिस भन्छन्, ‘वास्तविकता यस्तो होइन। यस्ता चिजको प्रयोग गर्नुपर्ने अवस्था छैन। बजारमा उपलब्ध अधिकांश एन्टी माइक्रोबायल्स एन्टिव्याक्टेरियल हुन्। यसको प्रयोगले समस्या थप बढ्न सक्छ। प्रयोगमा आएका सबै डिसइन्फेक्टेन्सले समेत पर्यावरणका लागि खतरनाक हुन सक्छन्। यीनीहरुले रजिस्टेन्ट ब्याक्टेरियाको समस्या पैदा गर्न सक्छ।’

(बीबीसी हिन्दीबाट अनुवाद गरिएको हो)
 

प्रकाशित मिति: १८:०३ बजे, शुक्रबार, कात्तिक १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्