गण्डकी प्रदेशमा थप एक संक्रमितको मृत्यु, ९८ जना संक्रमित थपिए
काठमाडौं, कातित्क १४ : कोरोना संक्रमणको कारण गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड...
काठमाडौं, कातित्क १४ : कोरोना संक्रमणको कारण गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक पुरुषको मृत्यु भएको हो।
बागलुङ गलकोट घर भएका ७२ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसियुमा राखेर उपचार गरिँदै आएको थियो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ।
त्यस्तै, शुक्रबार प्रदेशमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये पोखराका ६०, नवलपुरका २२, तनहुँका ८, स्याङ्जाका ३, लमजुङका २, गोरखाका २, र पर्वतका १ जना रहेका छन्।
यो सँगैगण्डकी प्रदेशमा संक्रमितको संख्या ७१४५ पुगेको छ।
प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(2)-1753530264.png)