Kathmandu Press

प्रहरी फिर्ता गर्‍याे सडक किनार भेटिएको एक लाख रुपैयाँ

टीकापुर, कात्तिक १४ : सडक किनारमा भेटिएको एक लाख रुपैयाँ गहना प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ।इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी हवल्दार नरबहादुर...
प्रहरी फिर्ता गर्‍याे सडक किनार भेटिएको एक लाख रुपैयाँ
Hardik ivf

टीकापुर, कात्तिक १४ : सडक किनारमा भेटिएको एक लाख रुपैयाँ गहना प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले बिहीबार सडक किनारमा एक लाख रुपैयाँ भेटाएका थिए। सडक किनारमा भेटिएको रातो ब्यागमा एक लाख नगद, मोबाइल र गहना रहेको थियो।

मोबाइलका आधारमा पैसा र सरसामान टीकापुर नगरपालिका–१ ब्लक नं. १९ की मञ्जु कुँवरको भएको पत्ता लागेको थियो। त्यसपछि इलका प्रहरी कार्यालयमा बोलाएर फिर्ता गरेको इलाका प्रहरी कार्यालय, टीकापुरका प्रहरी निरीक्षक अरुण बमले बताए।

प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, कात्तिक १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्