Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १६१५ जना कोरोना संक्रमित

काठमाडौं, कात्तिक १३ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८,...
काठमाडौं उपत्यकामा थपिए १६१५ जना कोरोना संक्रमित

काठमाडौं, कात्तिक १३ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना संक्रमित थपिएका हुन्।

Hardik ivf

काठमाडौंमा मात्र हाल १६ हजार ५२१ जना सक्रिय संक्रमित रहेका छन। बिहीबार थपिएका संक्रमितसहित जिल्लामा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ पुगेको छ। जसमा ४२ हजार ५०४ निको भएका छन्। त्यस्तै कोरोना संक्रमणबाट २०९ जनाको मृत्यु भएको छ।

त्यस्तै, ललितपुरमा २४७० जना सक्रिय संक्रमित रहेका छन्। जिल्लामा हालसम्म ८३५० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ५८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

भक्तपुरमा सक्रिय संक्रमितको संख्या १०७५ रहेको छ। कुल ५५१९ संक्रमित भएको जिल्लामा ४३८३ निको भएका छन् भने ६१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

बिहीबार देशभरमा २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: २२:५६ बजे, बिहीबार, कात्तिक १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्