Kathmandu Press

घर जल्दा १५ लाखको क्षति

सर्लाही, कात्तिक १३ : सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर–१४ लालदियरमा एक घर जलेर १५ लाख बराबरको क्षति भएको छ। स्थानीय रामबिहारी महतोको काठले...
घर जल्दा १५ लाखको क्षति
Hardik ivf

सर्लाही, कात्तिक १३ : सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर–१४ लालदियरमा एक घर जलेर १५ लाख बराबरको क्षति भएको छ। स्थानीय रामबिहारी महतोको काठले बनेको दुई तल्ले घरमा गए राति आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

घरका व्यक्तिहरु राति नाच हेर्न गएको समयमा घरमा आगलागी भएको उनले बताए। आगलागीबाट धान, गहुँ, चामल, दाल, लत्ता कपडा, भाँडा बर्तन, टिभी, सिलाई मेसिन, दराज, सुन चाँदी लगायत घर भित्र रहेका सम्पूर्ण समान जलेर १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, हरिवन नगरपालिकाको बारुण यन्त्र र स्थानीयको सहयोगमा आज बिहान आगो नियन्त्रणमा आएको थियो। घर पूर्ण रुपमा जलेर क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:२० बजे, बिहीबार, कात्तिक १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्