Kathmandu Press

काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

काभ्रे, कात्तिक १३ : पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ।जिल्लास्थित कोभिड–१९ रोकथाम...
काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

काभ्रे, कात्तिक १३ : पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ।

जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोस्टका अनुसार जिल्लामा बुधबार एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोएक सय पाँच रहेको छ। मङ्गलबार जिल्लामा कुनै सङ्क्रमित देखिएनन्। सोही दिन उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १८ जना रहेको पोस्टले जनाएको छ।

Hardik ivf

आइतबारअघिको ४८ घन्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने त्यसअघिको सङ्क्रमणदर घट्दै गएको पोस्टले जनाएको छ। बुधबारसम्म काभ्रेपलाञ्चोकमा पाँच सय ९९ महिलासहित एक हजार पाँच सय ३३ जना सङ्क्रमितमध्ये ७१ प्रतिशत अर्थात् एक हजार ७८ सङ्क्रमणमुक्त भएका हुन्। सङ्क्रमितमध्ये १७ जनाको मृत्यु भइसकेको छ।

असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो। अहिलेसम्म कोरोना भाइरसको सक्रिय सङ्क्रमितमध्ये ४४ प्रतिशत अर्थात् १९० बनेपा नगरपालिकाका छन्।

त्यस्तै धुलिखेलमा ९०, पनौतीमा ८१, पाँचखालमा १८, नमोबुद्धमा २०, मण्डनदेउपुरमा २६ तथा रोशीमा छ, बेथानचोकमा तीन, खानीखोला र चौंरीदेउरालीमा एक÷एक सक्रिय सङ्क्रमित रहेको पोस्टले जनाएको छ।

सङ्क्रमितहरुमध्ये ९७ जनाको अस्पताल आइसोलेसनमा र ३४१ जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ। यहाँको दुई स्थानीय तह भुम्लु र महाभारत गाउँपालिका कोरोनामुक्त भएका छन्। (रासस)

प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, कात्तिक १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्