Kathmandu Press

गस्तीमा गएका असई मृत भेटिए, प्रहरी जवान वेपत्ता

धनगढी, कात्तिक २ : कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन् भने उनीसँगै गएका...
गस्तीमा गएका असई मृत भेटिए, प्रहरी जवान वेपत्ता

धनगढी, कात्तिक २ : कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन् भने उनीसँगै गएका प्रहरी जवान वेपत्ता छन्।

गएरातिदेखि बेपत्ता भएका असई गोविन्द विक मृत भेटिएका हुन्। उनको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

Hardik ivf

उनी गएराति गस्तीमा गएका थिए। उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद पनि फेला परेका छैनन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी अनुपशक्शेर जबराका अनुसार चौकीबाट मोटरसाइकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजेदेखि सम्पर्कविहीन भएका थिए। राति नै उनीहरुको खोजी सुरु गरिएको थियो।

आज बिहान उनीहरूको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरू चढेको मोटरसाइकल फेला परेको र करिब तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तस्करहरूसँगको भीडन्तमा असईको ज्यान गएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयको अनुमान छ। वेपत्ता प्रहरी जवानको खोजी भइरहेको एसपी जबराले बताए।

 

प्रकाशित मिति: १६:२० बजे, आइतबार, कात्तिक २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्