Kathmandu Press

गण्डकी प्रदेशमा थपिए ५२ जना कोरोना संक्रमित 

काठमाडौं, कात्तिक २ : गण्डकी प्रदेशमा ६ जिल्लामा थप ५२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका १९, तनहुँका...
गण्डकी प्रदेशमा थपिए ५२ जना कोरोना संक्रमित 

काठमाडौं, कात्तिक २ : गण्डकी प्रदेशमा ६ जिल्लामा थप ५२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका १९, तनहुँका १६ जना, कास्कीको पोखरा महानगरका ८, गोरखाका ३,  स्याङजाका ५ र लमजुङका १ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ९ का २ महिला, १० का १ पुरुष तथा २ महिला,  १४ की १ महिला, १६ का १ पुरुष र २१ की १ महिला, तनहुँको शुक्लागण्डकीका ४ वटा वडाका ४ पुरुष तथा ३ महिला, ब्यास २ र ४ का ४ पुरुष तथा  ४ महिला, भानुकी १ महिला रहेका छन् ।

यस्तै स्याङजाको चापाकोट १९ पुरुष तथा ३ महिला, वालिङका ३ पुरुष तथा १ महिला, चापाकोटका १  पुरुष, लमजुङ सुन्दरबजारकी १ महिला, गोरखाको गोरखा नगरपालिकाका १ पुरुष, तथा २ महिला मा संक्रमण भएको छ ।

यस्तै नवलपुर गैंडाकोटका ९ पुरुष तथा ३ महिला, देबचुलीका १ पुरुष तथा २ महिला र कावासोतीका १/१ महिला पुरुषमामा आइतबार बिहान  कोरोना पुष्टि भएको छ ।  यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६८५ पुगेको छ ।

प्रकाशित मिति: १४:११ बजे, आइतबार, कात्तिक २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्