Kathmandu Press

आइपिएल : पन्जाबसँग बेंगलोर ८ विकेटले पराजित

काठमाडौं, असोज ३० : किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित निकालेको छ। यूएईमा जारी प्रतियोगितामा पन्जाबले बिहीबार राति रोयल...
आइपिएल : पन्जाबसँग बेंगलोर ८ विकेटले पराजित

काठमाडौं, असोज ३० : किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित निकालेको छ। यूएईमा जारी प्रतियोगितामा पन्जाबले बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। पन्जाबको जितमा कप्तान लोकेश राहुल ६१ रनमा अविजित रहे। जारी सिजनमा पहिलो खेल खेलेका क्रिस गेलले ५३ रन बनाए । बेंगलोरका युजभेन्द्र चहलले १ विकेट लिए।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो। जसमा विराट कोहलीले सर्वाधिक  ४८ रन बनाए।  पन्जाबका मिुरुगन आश्विनले मोहम्मद शामीले २/२ विकेट लिए। 

जिते पनि किंग्स इलेभेन पन्जाब अंकतालिकाको पुछारमै रहेको छ।  पन्जाबको ८ खेलमा ६ मा हार र २ मा जित सहित ४ अंक रहेको छ। बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हारसहित तेस्रो स्थानमा छ।

प्रतियोगिता अन्र्तगत शुक्रवार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित मिति: १२:२८ बजे, शुक्रबार, असोज ३०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्