क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण

काठमाडौं, असोज २८ : पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको पोर्चुगिज फुटबल महासङ्घले मङ्गलबार जानकारी दिएको हो ।
कोरोना रिपोर्ट पोजेटिभ आए पनि उनमा लक्षण नदेखिएको र अहिले अवस्था सामान्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना पुष्टि भएपछि उनले स्विडेनसँगको खेल गुमाउने भएका छन् ।
प्रकाशित मिति: १२:५९ बजे, बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार