Kathmandu Press

हुम्लाकी २१ वर्षीया युवतीमा दोस्रो पटक कोरोना संक्रमण

सिमकोट, असोज १५ : हुम्लाकी २१ वर्षीया युवतीमा दोस्रो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ।हुम्लाको सर्केगाड गाउँपालिकाको गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो...
हुम्लाकी २१ वर्षीया युवतीमा दोस्रो पटक कोरोना संक्रमण

सिमकोट, असोज १५ : हुम्लाकी २१ वर्षीया युवतीमा दोस्रो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ।

हुम्लाको सर्केगाड गाउँपालिकाको गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक सङ्क्रमण पुष्टि भएको हो। यस अघि संक्रमण देखिएकी उनी दुई सातापछि निको भएकी थिइन्।

Hardik ivf

हजाई सेवा सञ्चालन भएपछि उनी नेपालगन्ज हुँदै हुम्ला पुगेकी थिइन्। असोज ३ गते हुम्ला पुगेकी उनलाई पुनः संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए।

पछिल्लो पटक ४१ जनाको कोरोना परीक्षण गरिएको छ। जसमा तीन जनामा कोरोना संक्रमण देखिएको उनले बताए।

संक्रमित देखिएकाहरुमा युवतीसँगै जहाजमा आएका दुई जना विद्युत् प्राधिकरणका कर्मचारी रहेका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको फडेराले बताए।

संक्रमण देखिएका तीनै जनालाई स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्। उनीहरुमा कुनै लक्षण देखिएको छैन। (राससको सहयोगमा)

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्