Kathmandu Press

कोरोना महामारीले रोकिएको अधिकृत र सुब्बाको परीक्षा तालिका सार्वजनिक 

काठमाडौं, असोज १४ : लोकसेवा आयोगले कोरोना महामारीका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ।आर्थिक बर्ष ०७६।७७...
कोरोना महामारीले रोकिएको अधिकृत र सुब्बाको परीक्षा तालिका सार्वजनिक 

काठमाडौं, असोज १४ : लोकसेवा आयोगले कोरोना महामारीका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ।

आर्थिक बर्ष ०७६।७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको लोकसेवाले जनाएको छ ।

Hardik ivf

आयोगको सुचना अनुसार शाखा अधिकृतको परीक्षा कात्तिक १८ गतेबाट सुरु हुने छ भने नायब सुब्बाको मंसिर ७ गतेबाट सञ्चालन हुने छ।

परीक्षामा नेपाल सरकारले तोकेको सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने बताईएको छ । 


 

प्रकाशित मिति: १३:३६ बजे, बुधबार, असोज १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्