बाँकेमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।
नेपालगञ्ज, असोज १३ : बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी दिए।
उनका अनुसार कोरोना संक्रमणबाट ३९ र ५३ वर्षीय पुरुष तथा ७६ वर्षीया महिलाको मृत्यु भएको छ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।
प्रकाशित मिति: २२:३२ बजे, मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार