Kathmandu Press

अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन छ : सांसद श्रेष्ठ 

भिजिट भिसा प्रकरणको नाममा भएको सांगठिक भ्रष्टाचार व्यक्तिगत भुल वा प्रशासनिक त्रुटि नभई साज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको कर्तुत रहेको उनले बताए। 
अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन छ : सांसद श्रेष्ठ 

काठमाडौं, साउन २० : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणबारे पटकपटक सरकारसँग छानबिनका लागि माग गर्दा पनि सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको बताए। उनले भिजिट भिसा प्रकरणमा जो कोहि दोषि भएतापनि कारबाही हुन पर्ने माग राखेका छन्। 

Hardik ivf

भिजिट भिसा प्रकरणको नाममा भएको सांगठिक भ्रष्टाचार व्यक्तिगत भुल वा प्रशासनिक त्रुटि नभई साज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको कर्तुत रहेको उनले बताए। 

‘युवाहरु भविष्यका कर्णधार हुन्। उनीहरु रोजगारी र शिक्षाको खोजिमा आशाको दियो लिएर अवसरको लागि बाध्य छन्। तर त्यही आशालाई ध्वस्त पार्ने र राष्ट्रको नाममा धब्बा लगाउने काम भइरहेको छ, भिजिट भिसा प्रकरणको नाममा भएको सांगठिक भ्रष्टाचार,’ उनले भने, ‘यो व्यक्तिगत भुल होइन, प्रशासनिक क्रुटि होइन, साज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको कर्तुत हो। त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भिजिट भिसा काण्डमा अझैसम्म सत्य पूर्ण रुपमा बाहिर आउन सकेको छैन।’

अहिले बनेको समिति हाम्रो र आम नागरिकको नजरमा मात्र टालटुले भएको उल्लेख गर्दै उनले भजिट भिसा प्रकरणमा दोषी जो भए पनि कडा भन्दा कडा कारबाही गर्न माग गरे। 

उनले आफूहरुले छानविन गरेर दोषीलाई कारबाही माग गरे पनि यसमा सरकार मौन रहँदै पन्छिन खोजेको बताए। 
 

प्रकाशित मिति: १४:४५ बजे, मंगलबार, साउन २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्