Kathmandu Press

सरकारले भन्यो- कोरोनाको संकट टरेको छैन, चाडपर्वमा थप सजगता अपनाउनू

काठमाडौं, असोज १२ : सरकारले जनजीवन सन्तुलनको आवश्यकताका कारण धेरै क्षेत्र खुला गरिएको बताएको छ।मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा...
सरकारले भन्यो- कोरोनाको संकट टरेको छैन, चाडपर्वमा थप सजगता अपनाउनू
Hardik ivfHardik ivf

काठमाडौं, असोज १२ : सरकारले जनजीवन सन्तुलनको आवश्यकताका कारण धेरै क्षेत्र खुला गरिएको बताएको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनको जोखिम कम भएका कारण नभई जनजीवन सन्तुलन बनाउन आवश्यक परेकाले अधिकांश क्षेत्र खुला गरिएको बताएका हुन्।

कोरोन संक्रमणको जोखिम नेपालमा कहिले हट्छ भन्ने पूर्वानुमान गर्न नसकिने मन्त्री ज्ञवालीको भनाइ छ। ‘नेपालमा निरन्तर संक्रमण बढिरहेको छ। कुन विन्दुमा पुगेर हामी विस्तारै ओरालो लाग्न सुरु गर्छौं र  संक्रमण नियन्त्रणको अवस्थामा जान्छ अझै पूर्वानुमान गर्न सकिने अवस्था छैन,’ उनले भने।

सर्वसाधारणले सरकारी आदेश निर्देशन र विज्ञको सुझाव मानेका कारण नेपालमा कोरोनाको भयावह अवस्था आउन नपाएको उनको भनाइ छ। चाडपर्व नजिकिएकाले थप सतर्क बन्न उनले सबैलाई अपील गरेका छन्। 'आगामी दिनमा चाडबाडको समय आउँदैछ। स्वास्थ्य सतर्कतालाई कहीँ कतै पनि कम नगर्नुहुन विज्ञको सुझाव मान्न आग्रह गर्न चाहन्छु,’उनले भने।

पीसीआर रिपोर्टविना घरधनीले डेरामा बस्नेलाई पस्न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको भन्दै उनले जबर्जस्ती पीसीआर परीक्षणका लागि बाध्य नपार्न उनले आग्रह गरेका छन्। 

प्रकाशित मिति: २३:२१ बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्