Kathmandu Press

राजधानीमा आठ दिनमै थपिए ५ हजार ६६८ संक्रमित

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। देशभर पुष्टि भएकामध्ये ५० प्रतिशत संक्रमित राजधानीकै रहेका छन्।
राजधानीमा आठ दिनमै थपिए ५ हजार ६६८ संक्रमित
Hardik ivfHardik ivf

भक्तपुर, असोज ९ : काठमाडौं उपत्यकामा आठ दिनमै पाँच हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोज १ देखि ८ गतेसम्ममा उपत्यकामा पाँच हजार ६ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। असोज २ गते सबैभन्दा धेरै आठ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। जसमध्ये ६ सय ९८ जना काठमाडौंमा, ८२ जना भक्तपुरमा र ७९ जना ललितपुरमा रहेका थिए।

यस्तै, असोज १ गते काठमाडौंमा पाँच सय सात जना, भक्तपुरमा ५० जना र ललितपुरका ६१ जना गरी ६ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ।

मन्त्रालयको तथ्यांकअनुसार, असोज ३ गते उपत्यकामा कोरोना संक्रमतको संख्या सात सय नाघेको थियो। त्यसदिन काठमाडौंमा पाँच सय ७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ गरी सात सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उपत्यकामा असोज ४ गते कोरोना संक्रमितको संख्या सात सय ६७ रहेको थियो। जसमध्ये ६ सय दुई जना काठमाडौंमा, एक सय एक जना भक्तपुरमा र ६४ जना ललितपुरमा भेटिएका हुन्।

असोज ५ गतेपछि भने संक्रमितको संख्या क्रमश घटेको देखिन्छ। असोज ५ गते उपत्यकामा ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जसमध्ये काठमाडौंमा पाँच सय ३८ जना, भक्तपुरमा ७४ जना र ललितपुरमा ६२ जना रहेका थिए।

यस्तै, असोज ६ गते उपत्यकामा ६ सय ४७ जना कोरोना संक्रमित देखियो। उनीहरुमध्ये काठमाडौंका पाँच सय ११ जना, भक्तपुरका ६३ जना र ललितपुरका ७३ जना थिए।

असोज ७ गते काठमाडौंमा चार सय ९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भयो। तीनै जिल्लाको गरी उपत्यकामा ६ सय ३७ संक्रमित थपिए।

फेरि असोज ८ गते उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। मन्त्रालयका अनुसार सात सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ६ सय नौ, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जना कोरोना संक्रमण देखिएको हो।

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौंमा संक्रमितको संख्या तिब्र रुपमा बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ‘देशभर संक्रमित संख्यामध्ये करिब ५० प्रतिशत काठमाडौं उपत्यकामा नै भएको पाइन्छ,’ प्रवक्ता डा.गौतमले भने। उपत्यकामा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: १८:५९ बजे, शुक्रबार, असोज ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्