Kathmandu Press

कोरोना संक्रमणबाट झापाका एक वृद्धको मृत्यु

झापा, असोज ८ : झापामा कोरोना संक्रमणका कारण ७७ वर्षीय पुरुषको मृत्यु भएको छ। झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा...
कोरोना संक्रमणबाट झापाका एक वृद्धको मृत्यु

झापा, असोज ८ : झापामा कोरोना संक्रमणका कारण ७७ वर्षीय पुरुषको मृत्यु भएको छ। झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नंं ६ निवासी वृद्धको बुधबार राति मृत्यु भएको हो।

उनमा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए। उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ।   

Hardik ivf

उनका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए। त्यसपछि यही असोज ३ गते आएको छोराको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो। छोराले भेटेर गएपछि पितामा सामान्य ज्वरो र  रुघाखोकीको लक्षण देखिएको थियो।  क्रमशः रुघाखोकीले च्याप्दै गएपछि गाउँपालिकाले तीन दिनअघि सोही क्षेत्र आसपासका ३२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेको थियो। परीक्षण गरिएकामध्ये अन्य सबैको रिपोर्ट नेगेटिभ आए पनि  वृद्धको भने पोजेटिभ आएको विश्वकर्माले जानकारी दिए।

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको गए राति निधन भए पनि रिपोर्ट भने आज बिहान मात्र आएको बताइएको छ। 

प्रकाशित मिति: १९:४० बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्