Kathmandu Press

स्याङ्जा पहिरो : एकै परिवारका ९ जनाको मृत्यु (अपडेट)

स्याङ्जा, असोज ८ : स्याङ्जामा आज बिहान गएको पहिरोमा परि एकै परिवारका नौ जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर सात महिने शिशुको पनि...
स्याङ्जा पहिरो : एकै परिवारका ९ जनाको मृत्यु (अपडेट)

स्याङ्जा, असोज ८ : स्याङ्जामा गएको पहिरोमा पुरिएर एकै परिवारका नौ जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर सात महिने शिशुको पनि ज्यान गएको छ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोले घर पुरिँदा एकै परिवारका नौ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। परिवारका १० जनामध्ये एकको जीवितै उद्धार गरिएको छ।

Hardik ivf

पहिरोमा पुरिँएर ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र नौ वर्षीय विवश नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्र अधिकारीले बताए।

मायाकी दिदी उमा केही दिन अघि पाहुना आएकी थिइन्। दीपक, कुलदीप, विक्रम र विवश मायका छोरा हुन्। त्यस्तै, विनिता मायाकी बुहारी हुन्। विनीताका सात महिने शिशुको पनि ज्यान गएको डीएसपी अधिकारीले बताए।

मायाकी छोरी १६ वर्षीया मनिषालाई उद्धार गरिएको छ। उनी गम्भीर घाइते भएकी छन्। उनलाई थप उपचारका लागि पोखरा लगिएको छ।

 

प्रकाशित मिति: १८:०८ बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्