Kathmandu Press

बुधबार नेप्सेमा सुधार

काठमाडौं, असोज ७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९ दशमलव...
बुधबार नेप्सेमा सुधार

काठमाडौं, असोज ७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९ दशमलव ३७ बिन्दुले उकालो लागेर एक हजार ५५५ दशमलव ५२ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ० दशमलव ९५ ले वृद्धि भई ३०८ दशमलव ३४ मा पुगेको छ। कूल १८४ कम्पनीको ५८ लाख ६२ हजार ६१७ कित्ता शेयर एक अर्ब ७२ करोड ७८ लाख २१ हजार ७०७ रुपैयाँ मूल्यमा खरिद बिक्री भए। 

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ। सो उपसमूहको शेयर २३ दशमलव ६४ ले ओरोला लाग्दा बैंकिङ १ दशमलव ८७, व्यापार ५ दशमलव ७२, विकास बैंक २२ दशमलव ८, जलविद्युत् ३३ दशमलव ७९, वित्त १२ दशमलव ०२, निर्जीवन बीमा ७४ दशमलव ७७, उतपादन २३ दशमलव २, अन्य ७ दशमलव ३६, लघुवित्त १० दशमलव २२, जीवन बीमा ९४ दशमलव ६८ र सामूहिक लगानी कोष ० दशमलव ०३ ले वृद्धि भएको छ। 

कारोबारका आधारमा आज शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ८५ लाख ९८ हजार ४५ रुपैयाँ बराबरको कारोबार भयो। यस्तै नेपाल बैंक लिमिटेड नौ करोड ५९ लाख ३९ हजार ७०३ रुपैयाँ, नेपाल पुनरबीमा कम्पनी आठ करोड ७३ लाख २३ हजार ७०१ रुपैयाँ, अरुण भ्याली हाइड्रो पावर पाँच करोड ६० लाख ७१ हजार ५९ रुपैयाँ, रिलायन्स लाइफ इन्स्योरेन्स चार करोड ४६ ६४ हजार १०६ रुपैयाँ, कुमारी बैंक चार ६ लाख ६६ हजार ९४७ रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स तीन करोड ९६ लाख ९२ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ। 

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी ९ दशमलव ६७, माउण्टेन हाइड्रो ९ दशमलव ७१, यूनाइटेड मोदी ९ दशमलव ४५, यूनियन हाइड्रो पावर ९ दशमलव ३० र दिव्यश्वरी हाइड्रो पावरका लगानीकर्ताले ९ दशमलव २१ प्रतिशतले कमाए। त्यस्तै, गोर्खाज फाइनान्स ३ दशमलव ५७, तारागाउँ रिजेन्सी होटल १ दशमलव ९९, लक्ष्मी इक्विटी फण्ड १ दशमलव ९७, लक्ष्मी उन्नती कोष १ दशमलव ७५ र एनआइसि एशिया ऋणपत्रका लगानीकर्ताले १ दशमलव ६७ प्रतिशतले गुमाए।

प्रकाशित मिति: ०१:२८ बजे, बिहीबार, असोज ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्