Kathmandu Press

आईपीएल : राजस्थान रोयल्स १६ रनले विजयी

काठमाडौं, असोज ७ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थानले चेन्नेई...
आईपीएल : राजस्थान रोयल्स १६ रनले विजयी
Hardik ivfHardik ivf

काठमाडौं, असोज ७ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।

यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाउँदै १६ रनले विजयी भएको हो ।

राजस्थानका लागि सन्जु सेमसनले ७४ रनले बनाएका छन् । यस्तै स्टेभेन स्मीथले ६९ र जोफार आर्चरले २७ रन बनाए । चेन्नईका लागि साम कुरानले तीन विकेट लिए भने दीपक चाहर, लुङ्गी एनगिडी र पियुस चावलाले समान एक/एक विकेट लिएका थिए ।
 

प्रकाशित मिति: १३:३० बजे, बुधबार, असोज ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्