Kathmandu Press

क्यानको बोर्ड बैठक मंगलबारदेखि चितवनमा

भरतपुर, असोज ५ : नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक मंगलबारदेखि चितवनमा हुँदैछ। क्रिकेटको भावि योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको हो। देशभरिका...
क्यानको बोर्ड बैठक मंगलबारदेखि चितवनमा

भरतपुर, असोज ५ : नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक मंगलबारदेखि चितवनमा हुँदैछ। क्रिकेटको भावि योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको हो। 

देशभरिका पदाधिकारी भाग लिन सहज होस् भनेर बैठक चितवनमा राखिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ। 

Hardik ivf

आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने अधयक्ष चन्दले बताए।  क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ। यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल भएको थियो। 

यसअघि क्यानले क्रिकेट गतिविधि अघि बढाउन प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको थियो। क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो। हाल क्यानमा ३९ जिल्ला आबद्ध छन्। प्रत्येक प्रदेशलाई एक लाख रुपैयाँका दरले तथा जिल्लालाई ५० हजार रुपैयाँका दरले बजेट उपलब्ध गराएको थियो। 

सात प्रदेशमध्ये क्रिकेट संरचनाअन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश ५ मै राखिएको छ। कर्णाली प्रदेशको सुर्खेत जिल्ला मात्र क्यानमा आबद्ध छ। कोरोनाका कारण क्रिकेट गतिविधि ठप्प नै थियो। अब यही परिस्थितिमा पनि कसरी गतिविधि सञ्चालन गर्न सकिन्छ भन्नेबारे बैठकमा छलफल हुने अध्यक्ष चन्दले बताए। रासस  

प्रकाशित मिति: २३:०९ बजे, सोमबार, असोज ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्