Kathmandu Press

इपिएल : लिभरपुल र टोटनह्यामको सहज जित 

काठमाडौं, असोज ५ : इंग्लिस प्रिमियर लिग डिफेन्डिङ च्याम्पियन लिभरपुल र टोटनह्यामले सहज जित निकालेका छन् ।आइतबार राति भएको खेलमा सेनेगल स्ट्राइकर साडियो माने...
इपिएल : लिभरपुल र टोटनह्यामको सहज जित 
Hardik ivfHardik ivf

काठमाडौं, असोज ५ : इंग्लिस प्रिमियर लिग डिफेन्डिङ च्याम्पियन लिभरपुल र टोटनह्यामले सहज जित निकालेका छन् ।

आइतबार राति भएको खेलमा सेनेगल स्ट्राइकर साडियो माने चम्किएपछि लिभरपुलले चेल्सीलाई उसकै मैदानमा २–०ले हरायो भने टोटनह्यामले ह्युङ मिन सनको ४ गोल मद्दतमा साउथह्याम्पटनलाई ५–२ले हरायो । आइतबार राति स्टामफोर्ड ब्रिजमा भएको लिभरपुल र चेल्सीबीचको खेलका पहिलो हाफा गोलरहित बराबरीमा सकिएको थियो ।

तर, पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टिन्सन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी दबाबमा आएको थियो । ५०औं मिनेटमा मानेले हेर्डमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । लगत्तै चेल्सीको किपरको गम्भीर गल्तीमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । डिफेन्डरले ब्याक पास दिएको बलमा केपा अरिजाबलागाले डिबक्सभित्रै रहेका मानेलाई पास दिँदा ५४औं मिनेटमा उनले गोल गरेका थिए । 

७५औं मिनेटमा चेल्सीले खेलमा फर्किने राम्रो अवसर पायो । प्राप्त पेनाल्टीमा जर्गिन्हो गोल गर्न असफल भए । चेल्सका टिमो वार्नरलाई डिबक्समा लगाएछि प्राप्त पेनाल्टीमा जर्गिन्होको प्रहार एलिन्सनले रोकेका थिए । यसैगरी कोरियन स्ट्राइक ह्युङ मिन सनले ४ गोल गरेपछि टोटनह्यामले साउथह्याम्पटनलाई उसकै मौदनमा ५–२ले पारजित गरेको हो ।

टोटनह्यामको यो लिगमा पहिलो जित हो । टोटनह्यामको जितमा सनले ४ गोल गरे भने ह्यारी केनले १ गोल गरे । साथउह्याप्टनको दुवै गोल ड्यानी इंग्सको नाममा रह्यो । ३२औं मिनेटमा इंग्सले गोल गर्दै साउथह्याम्पटनलाई सुरुवाती अग्रता दिलाएका थिए । इन्जुरी समयको दोस्रो मिनेटमा ह्यारी केनको पासमा सनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ४७औं मिनेटम केनकै पासमा सनले गोल गर्दै टिमलाई २–१को अग्रता दिलाए। त्यसपछि ६४ र ७३औं मिनेटमा सनले नै गोल गरेपछि टोटनह्यामलाई ४–१ को अवस्थामा पुर्‍याए ।

सनका चारै गोलमा केलन पास उपलब्ध गराए । ८३औं मिनेटमा केनले गोल गरेपछि टोटनह्याम ५–१को अग्रता दिलाए । ९०औं मिनेटमा इंग्सले पेनाल्टीमा गोल गर्दै साउथह्याम्पनटको अग्रता कम गर्ने प्रयास गरे । ड्वार्टीले डिबक्समा ह्यान्ड गरेपछि साउटह्याम्पटनले पेनाल्टी पाएको थियो ।

टोटनह्यामले लिगमा पहिलो जित निकाल्दा साथउह्याम्टन दुवै खेलमा पराजित भयो । ऊ पहिलो खेलमा क्रिस्टल प्यालेससँग पराजित भएको छ ।

प्रकाशित मिति: १२:०३ बजे, सोमबार, असोज ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्