Kathmandu Press

सप्तरीमा ३७ प्रहरीसहित ५३ जनामा कोरोना संक्रमण

राजविराज, असोज २ : प्रदेश २ को सप्तरीमा ३७ जना प्रहरीसहित ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको...
सप्तरीमा ३७ प्रहरीसहित ५३ जनामा कोरोना संक्रमण

राजविराज, असोज २ : प्रदेश २ को सप्तरीमा ३७ जना प्रहरीसहित ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना देखिएको हो। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाका अनुसार चिकित्सक, अधिवक्ता, प्रहरी र सैनिकमा पनि कोरोना संक्रमण देखिएको छ। संक्रमण ेदेखिएका चिकित्सक गजेन्द्रनागरायण सिंह अस्पतालमै कार्यरत छन्।

Hardik ivf

त्यस्तै, जिल्ला प्रहरी कार्यालय, सप्तरीमा कार्यरत ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कन्ट्याक्ट ट्रेसिङका क्रममा प्रहरीमा कोरोना देखिएको हो।

यसअघि जिल्ला प्रहरी कार्यालयका एसपी र डिएसपीमा कोरोना देखिएको थियो। उनीहरुको सम्पर्कमा रहेका ८५ जनाको स्वाब परीक्षण गर्दा ३७ जनामा कोरोना देखिएको हो। जसमा दुई इन्स्पेक्टर, तीन सई, चार असई, चार हवल्ल्दार र अन्य प्रहरी जवान छन्।

यसैगरि राजविराज नगरपालिका–३ का ४५ वर्षीय अभिवक्ता, राजविराजस्थित भिम दल गणका ३७ वर्षीय नेपाली सेनाका जवानमा पनि कोरोना देखिएको छ। त्यस्तै, तिरहुत गाउँपालिका–२ का २९ वर्षीय युवकमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

यसैगरि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनरुप नगरपालिका–६ का पाँच जना र विष्णपुर गाउँपालिकाका एक जनामा कोरोना देखिउको छ। उनीहरु पाँच वर्षदेखि ४१ वर्षसम्मका रहेका छन्।

याेसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक हजार एक सय ४३ पुगेको छ। जसमा आठ सय ५० जना निको भएका छन्। कोरोनाबाट नौ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:११ बजे, शुक्रबार, असोज २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्