Kathmandu Press

सिराहामा एकैदिन थपिए २७४ जना कोरोना संक्रमित

काठमाडौं, भदौ ३१ : सिराहामा एकैदिन २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बुधबार गरिएको परीक्षणमा थप  २७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको...
सिराहामा एकैदिन थपिए २७४ जना कोरोना संक्रमित

काठमाडौं, भदौ ३१ : सिराहामा एकैदिन २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार गरिएको परीक्षणमा ;सिराहामा थप  २७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

Hardik ivf

उनका अनुसार संक्रमितमध्ये २७३ पुरुष र एक महिला छन्।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ।

संक्रमितमध्ये ४१ हजार ७०६जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३७९ जनाको मृत्यु भएको छ।

 प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १०६८ जना घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, भदौ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्