Kathmandu Press

नेकपाका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा पार्टीविरुद्ध लेख्न नपाउने

काठमाडौं, भदौ २५ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताले अब सामाजिक सञ्जालमा आफ्नो पार्टीका नेताविरुद्ध लेख्न नपाउने भएका छन्।बिहीबार बस्ने...
नेकपाका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा पार्टीविरुद्ध लेख्न नपाउने

काठमाडौं, भदौ २५ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताले अब सामाजिक सञ्जालमा आफ्नो पार्टीका नेताविरुद्ध लेख्न नपाउने भएका छन्।

बिहीबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई फेसबुक ट्वीटरमा नेताविरुद्ध जथाभावी लेख्न नदिने निर्णय गर्न लागेको हो।

Hardik ivf

बैठकअघिनै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ ।

बैठकका लागि तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद सबैलाई यो बैठक निर्देशित गर्दछ।’

प्रस्तावमा, ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्दति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सवैप्रकारका अनेकता, अराजकता र अनुशासनहीनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ।’

प्रकाशित मिति: १२:४९ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्