शनिबार, कात्तिक १५, २०७७

के पीसीआर परीक्षणको नतिजा गलत पनि आउन सक्छ?

कोरोना भाइसको परीक्षणमा मानव शरीरमा रहेको मृत भाइरस र पहिले भएका संक्रमणका टुक्राका कारण समेत नतिजा पोजेटिभ आउन सक्ने वैज्ञानिकहरुले बताएका छन्। अहिलेको भाइरस परीक्षणको प्रविधिमा मृत भाइरस र पहिले भएको संक्रमणका टुक्रा समेत देखिने गरेको उनीहरुको भनाइ छ।

कोरोना भाइरसबाट कोही पनि व्यक्ति करिब एक सातासम्म संक्रमित हुन्छ। तर, त्यसपछिका केही सातासम्म उसमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आउन सक्ने वैज्ञानिकहरु बताउँछन्। केही विज्ञहरूले संक्रमणको सबै अवस्था पत्ता लगाउने कोरोना परीक्षणको भरपर्दो तरिका अहिलेसम्म पत्ता नलागेको बताएका छन्।

अनुसन्धानमा सहभागी शोधकर्ता प्रोफेसर कार्ल हेनेगन भाइरस पोजेटिभ वा नेगेटिभभन्दा पनि एक ‘कटअफ पोइन्ट’मा फोकस गरेर नयाँ परीक्षणको तरिका पत्ता लगाउनु पर्ने बताउँछन्। जसले पहिले भएको संक्रमण र मृत भाइरस शरीरमा हुँदा त्यसको रिपोर्ट नेगेटिभ देखाउन सकोस्।

उनी कोरोना भाइरसको परीक्षणमा पुरानो भाइरसको अंश वा टुक्रा मिलेकाले संक्रमण किन लगातार बढिरहेको भनेर बुझ्न सहयोग गरेको बताउँछन्। जबकि अहिले अस्पताल जानु पर्ने मानिसहरुको संख्या लगातार कम भइरहेको छ।

अक्सफोर्ड युनिभर्सिटीका सेन्टर अफ एभिडेन्स वेस्ड मेडिसिनले यसबारे २५ वटा अध्ययनबाट पत्ता लागेका प्रमाणको समीक्षा गरेको छ। पोजेटिभ टेष्टमा मिलेका भाइरसको नमूनालाई पेट्री डिसमा राखेर हेर्दा भाइरसको संख्या त्यहाँ बढिरहेको छ कि छैन? भनेर हेर्ने तरिकालाई वैज्ञानिकले ‘भाइरल कल्चरिङ’ भन्छन्। जसले त्यहाँ रहेको एक्टिभ भाइरसले आफ्नो संख्या बढाउन सक्षम छ कि ? मृत भाइरस वा त्यसको टुक्रामात्रै छ? पत्ता लगाउन सकोस्। जसलाई ल्याबेरेट्रीमा ग्रो गर्न सकिँदैन।

महामारीको सुरुवातदेखि नै वैज्ञानिकहरु भाइरस परीक्षणसँग जोडिएका समस्याबारेमा जानकार छन्। यसले के देखाउँछ भने कोभिड–१९ को जुन तथ्यांक आइरहेको छ, त्यो सही तथ्यांक होइन।

तर यसले के फरक पार्छ? महामारीको सुरुवातमा तथ्यांक कमै मात्रामा उपलब्ध थिए। तर, जसरी समय वित्दै गयो धेरै तथ्यांक सामुन्ने आउँदै गए। परीक्षण र पोजेटिभको नम्बरबारेमा आइरहेका जानकारीले कन्फ्यूजन बढिरहेको छ। बेलायतमा कोरोना संक्रमण धेरै युरोपेली देशको तुलनामा कम छ। जहाँसम्म संक्रमण सामुदायस्तरमा फैलिएको विषय छ। त्यसलाई रोक्न सफलता मिलेको छ। तर, अहिले सबैभन्दा ठूलो प्रश्न खडा भएको छ- अब के हुन्छ? जाडो महिना आउन लागेको छ र स्कुलमा बच्चाहरुको पढाइ सुरु हुन थालेको छ। 

बेलायतका स्वास्थ्यकर्मीले अहिलेको स्थित मजबुद रहेको र आगामी महिनामा आउने स्थितिको सामाना गर्न सकिने अवस्था रहेको बताएका छन्।

कोभिडको परीक्षण कसरी हुन्छ?

कोभिडको परीक्षणको प्रभावकारी तरिका पीसीआर स्वाब टेष्ट हो। यसमा केमिकलको प्रयोग गरेर भाइरसको जेनेटिक मेटरियललाई पहिचान गर्ने कोशिश गरिन्छ र यसको अध्ययन गरिन्छ। पर्याप्त भाइरस भेटिनुभन्दा पहिले ल्याबमा परीक्षणको नमूनाले केही चक्र पार गर्नु पर्ने हुनसक्छ। कति पटकमा भाइरस भेटिन्छ भन्ने कुरा शरीरमा कति मात्रामा भाइरस छ भन्नेमा भर पर्छ।

परीक्षणको गलत नतिजाको जोखिम

जब कोरोना भाइरसका लागि तपाईंको परीक्षण भएको छ भने तपाईंलाई असर छ वा छैनमा जवाफ मिल्छ। नमूनामा भाइरसको मात्रा कति छ र भाइरस एक्टिभ छ वा छैन यो कुरा परीक्षणमा पत्ता लाग्दैन। जुन व्यक्तिको शरीररमा ठूलो मात्रामा एक्टिभ भाइरस छ र जसको शरीरको नमूनामा केवल मृत भाइरसको टुक्रा मिल्छ भने दुवै टेष्टको नतिजा पोजेटिभ नै आउँछ।

प्रोफेसर हेनेगन ती मानिसमा सामेल छन् जसले कोरोनाबाट भइरहेको मृत्युको आँकडा कसरी राखिएको छ, त्यसको जानकारी एकत्रित गर्छन्। यसको आधारमा पब्लिक हेल्थ इंग्ल्याण्डले तथ्यांक राख्ने तरिकामा सुधार गरेको छ। उनका अनुसार अहिलेसम्म जे तथ्य फेला परेको छ, त्यसले भाइरसको संक्रमणको असर एक सातापछि आफैँ कम हुने देखाएको छ।

परीक्षण गरिएको नमूनामा एक्टिभ भाइरस भेटियो कि भेटिएन भनेर हेर्न सम्भव नभएको उनको भनाइ छ। यस्तो अवस्थामा वैज्ञानिक टेस्टिङमा भाइरसको मात्रालाई लिएर कुनै कट अफ मार्कको पहिचान गर्न सकियो भने गलत पोजेटिभ नतिजा आउनबाट रोक्न सकिने उनी बताउँछन्। यसले पुरानो संक्रमणका कारण पोजेटिभ आउने दरमा समेत कमी आउने र कुल संक्रमणको दर समेत कम हुने उनी बताउँछन्।

प्रोफेसर हेनेगन कोरोना परीक्षणका आधारमा क्वारेन्टिनमा बसिरहेका धेरै मानिसलाई यसले सहयोग गर्ने बताउँछन्। पब्लिक हेल्थ इंग्ल्याण्डले कोरोना भाइरसको परीक्षणको सही नतिजा भाइरस कल्चरका माध्यमबाट पत्ता लगाउन सकिने बताउँछ। अहिले संगठनले यही दिशामा विश्लेषण गर्न सुरु गरेको र गलत पोजेटिभको नतिजाबाट बच्नका लागि ल्याबोरेटरिजसँग मिलेर काम गरिरहेको जनाएको छ। टेस्टिङका लागि कट अफ प्वाइन्ट कसरी तय गर्ने भन्नेबारेमा कोशिश समेत भइरहेको छ।

संगठनले कोरोना परीक्षणका लागि अलग तरिकाको किटको प्रयोग गरिएको बताएको छ। यो किटको प्रयोगले प्राप्त हुने नतिजाका लागि अलग तरिकाले विश्लेषण गरिने हुँदा एक निश्चित कट अफ प्वाइन्टसम्म पुग्न मुस्किल भएको उसको भनाइ छ।

तर, युनिभर्सिटी अफ रिडिङका प्रोफेसर बेन नुमन बिरामीको नमूना कल्चर गर्ने काम सहज नभएको बताउँछन्। ‘यो तरिकाको समीक्षाले गलत तरिकाले सार्स सिओवी–२ भाइरसको कल्चरलाई यसको संक्रमण फैलाउने सम्भावनासँग जोडेर हेर्न सकिन्छ,’ उनी भन्छन्।

मार्चमा कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित इटालीको एमिलिया रोमाग्नामा काम गरेका महामारी विशेषज्ञ प्रोफेसर फ्रान्सेस्को वेन्टुरेली भन्छन्, ‘यो निश्चित छैन कि कोरोनाबाट ठीक भएपछि भाइरस कहिलेसम्म संक्रामक हुन्छ।’

भाइरस कल्चरमाथि गरिएका केही अध्ययनका अनुसार करिब १० प्रतिशत मानिसको शरीरमा संक्रमण ठीक भएको आठ दिनपछि पनि भाइरस पाइएको छ। महामारीको पिक भएको बेला इटलीमा ब्रिटेनमा भन्दा पहिला नै आएको भन्दै वेन्टुरेली भन्छन्, ‘केही सातासम्म कोरोना संक्रमणको अवस्थालाई वास्तविकता भन्दा धेरै आंकलन गरिएको थियो। किनकि जुन मानिसमा संक्रमण पहिले भएको थियो ठीक भएपछि पनि उनीहरुको नतिजा पोजेटिभ आइरहेको थियो।’

तर, जसरी पिक कम हुँदै गयो त्यसपछि स्थितिमा समेत सुधार हुँदै गएको उनको भनाइ छ।

(बीबीसी डटकमबाट नेपालीमा अनुवादित)  

 Published Date: Tuesday, 8th September 2020 9:34:00 am