Kathmandu Press

उत्तर पश्चिम पाकिस्तानमा आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु, सात घाइते

उत्तर पश्चिम पाकिस्तानमा आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु, सात घाइते

इस्लामाबाद, मंसिर २९ : पाकिस्तानको उत्तर पश्चिम खैबर प्रान्तमा शुक्रबार बिहान भएको दई  छुट्टाछुट्टै आक्रमणमा परी एक प्रहरी तथा दुई अर्ध–सैनिकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

खैबर जिल्लाको संयुक्त जाँच चौकीमा आतङ्कवादीहरूले आक्रमण गर्दा दूई  अर्ध्र सैनिकको मृत्यु भएको तथा छ जना घाइते भएको प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ। 

Hardik ivf

स्थानीय समयअनुसार बिहान २ः४५ बजे पाकिस्तान सरकारद्वारा आतङ्ककारी घोषित समूहले विष्फोटक पदार्थ र आधुनिक बन्दुकद्वारा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गर्दा आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार आक्रमणबाट घाइते भएका व्यक्तिहरूलाई उपचारको लागी प्रान्तीय राजधानीस्थित पेशावरको अस्पतालमा लगिएको छ। 

स्थानीय समय अनुसार बिहान ३ः०० बजे ट्याङ्क जिल्लामा रहेको प्रहरीको हतियार भण्डारण परिसरमा आतङ्ककारीले गोली प्रहार गर्दा एक प्रहरीको मृत्यु भएको छ। भने अन्य एक जना घाइते भएको स्रोतले बताएको छ। 

प्रहरीका अनुसार  प्रहरीको जवाफी कारबाहीपछि आक्रमणहरू घटनास्थलबाट भागेको प्रहरीले बताएको छ। आक्रमणकारीहरूलाई प्रक्राउ गर्नका लागी खोजी जारी रहेको प्रहरीले बताएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिएको प्रहरीले जनाएको छ।   

प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, मंसिर २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्