Kathmandu Press

संसदमा कोरोना भाइरसबारे छलफल

काठमाडौं, फागुन २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरससँग जुध्न सरकारले गरेको तयारीबारे जवाफ दिन आग्रह गरेका छन्। प....

संसदमा कोरोना भाइरसबारे छलफल

काठमाडौं, फागुन २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरससँग जुध्न सरकारले गरेको तयारीबारे जवाफ दिन आग्रह गरेका छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सांसद थापाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत नेपाललाई कोरोनाको उच्च जोखिममा सूचीकृत गरेको भन्दै यसबारे सरकारले सदनमा जानकारी गराउनुपर्ने माग गरेका हुन्। 

थापाले प्रतिनिधिसभा सचिवालयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका थिए।

उनको प्रस्तावमा सांसद दिव्यमणि राजभण्डारी, सञ्जयकुमार गौतम, राजेन्द्रकुमार केसी र नारायण खड्काले समर्थन गरेका छन्।


 

प्रकाशित मिति: १२:०६ बजे, शुक्रबार, फागुन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्