Kathmandu Press

महेन्द्रको सालिकमा विवाद बढेपछि भीमदत्त नगरपालिकामा निषेधाज्ञा

स्थानीय प्रशासनले नगरपालिकाको संविधान चोक, त्यसबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्र र संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।
महेन्द्रको सालिकमा विवाद बढेपछि भीमदत्त नगरपालिकामा निषेधाज्ञा

महेन्द्रनगर, मंसिर २८ : भीमदत्त नगरपालिकामा राजा महेन्द्रको सालिक राख्ने विषयमा विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ। 

स्थानीय प्रशासनले नगरपालिकाको संविधान चोक, त्यसबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्र र संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। भीमदत्त नगरपालिका वडा नं ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा सालिक राख्ने बिषयमा दलहरुबीच विवाद बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा लगाएको हो। 

प्रशासनले अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका लागि जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम बिहीबारदेखि आगामी सात दिनका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ। निषेधाज्ञा अवधिमा ५ जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनले जनाएको छ। 
 

प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्