Kathmandu Press

मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली

मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली

भोजपुर, मंसिर २८ : एमाले अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन्।

समृद्धिका लागि संकल्प यात्राअन्तर्गत भोजपुरबाट फर्कने क्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा उनले एमालेले सुरु गरेको यस अभियान एमालेको मात्र नभएर नेपाली जनताको पनि भएको बताए।

Hardik ivf

अध्यक्ष ओलीले आफ्नो पार्टीले साढे तीन वर्ष सरकारको नेतृत्व गर्दा मुलुकमा विकास गरेको बताए। उनले सरकारमा जाने जुनसुकै पार्टी देशभक्त, विकासप्रेमी तथा सुशासनकाे पक्षमा हुनुपर्ने र भेद्भाव र पक्षपात नगर्ने चरित्रकाे हुनुपर्नेमा जोड दिए।

सरकार कुहिएको फल जस्तो भएको भन्दै टिप्पणी गर्दै आलीले सरकारको कामबाट सत्तारुढ नेपाली कांग्रेस पनि आजित भइसकेको तर्क गरे।  

उनले कांग्रेसले नै २०८४ सम्म पर्खन नसिकने भनिरहेकाले गठबन्धन कुहिसकेकोले कुनै बेला खस्ने बताए। उनले समृद्ध नेपाल निर्माणको खाका नेकपा एमालेसँग मात्र भएको बताए।

त्यसका लागि नेकपा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उनले प्रस्ट पारे। नेकपा एमालेले २०८४ निर्वाचनलाई मिसनकै रूपमा लिएको उनको भनाइ छ।

देश अहिले गम्भीर संकटमा रहेको बताउँदै ओलीले देश जोगाउन राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताए। ओलीले संकल्प यात्रामा जनसहभागिता देखेर आफूहरूलाई थप उत्साहित बनाएको बताए। 

मंसिर १४ देखि सुरु भएको संकल्प यात्राअन्तर्गत बुधबार भोजपुर आइपुगेको टोली भोजपुरको पूर्वका गाउँपालिकामा हुने भेटघाट कार्यक्रममा सहभागी भएर आज धनकुटा हुँदै तेह्रथुम पुग्ने कार्यक्रम छ।

प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्