२ हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, मंसिर २८ : कारोबारको पाँचौं दिन आज नेपाली बजारमा आज सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ।
बुधबार १ लाख १६ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार २ सय ५० रूपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज ५५ रूपैयाँले बढेर १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: ११:४८ बजे, बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












