Kathmandu Press

भालुको आक्रमणबाट घाइते महिलाको उपचारमा समस्या

भालुको आक्रमणबाट घाइते महिलाको उपचारमा समस्या

मुगु, मंसिर २७ : सोरु गाउँपालिका ३ भिई काटिगाँउकी ४२ वर्षीया उम्मा धामी मंसिर २३ गते अइन भन्ने स्थानमा बाख्रा चराउन गएको बेला भालुको आक्रमणमा सिकिस्त घाइते भइन्। 

जिल्ला अस्पतालमा प्रारम्भिक उपचार त भयो। तर त्यहाँ थप उपचार हुन नसक्ने भएपछि उनलाई नेपालगन्ज पठाइयो। आक्रमणको भोलिपल्ट उनलाई रिफर गरी नेपालगन्जमा रहेको एक नर्सिङ्ग होममा लगिएको थियो। उपचारका लागि लगिए पनि खर्च नहुँदा परिवारलाई समस्या परेको छ।

Hardik ivf

उनका छोरा रामचन्द्र धामीले खर्च अभावमा राम्रोसँग उपचार गर्न नपाएको बताए। घरमा रहेको बाख्रा र अन्न बिक्री गर्दा करिब ३ लाख जम्मा भएको तर त्यसले पनि उपचार खर्च नपुग्ने भएको भन्दै उनका श्रीमान् तबिल धामीले सहयोगका लागि आग्रह गरेका छन्।  भालुले आक्रमण गर्दा उम्माको टाउको, अनुहार, छातीलगायत शरीरका विभिन्न भागमा चोट छ। आँखा मास्तिरको हड्डी भाँचिएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनका दुईवटा करङ पनि भाँचिएका छन्। विभिन्न परीक्षण र औषधि गर्दा भएको रकम सकिएको भन्दै परिवारले थप उपचार गर्न समस्या भएको बताएको छ। उम्माका श्रीमान् तबिलले उपचारका लागि सहयोग गरिदिन मनकारीहरुसँग आग्रह गरेका छन्।

Photo-(2)-(2)-1702462850.jpg

प्रकाशित मिति: १६:०८ बजे, बुधबार, मंसिर २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्