सरकारले गरेको विकास देख्न नसक्ने छट्पटाए : प्रवक्ता श्रेष्ठ
सर्लाही, फागुन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र ए....

सर्लाही, फागुन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताएका छन्।
वाग्मती नगरपालिका–११ मा बिहीबारदेखि शुरु भएको प्रदेश नम्बर २ कै सर्वाधिक धनराशिको चोथौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै श्रेष्ठले राष्ट्रियता, राज्य र समानताका विभिन्न क्षेत्रमा मतभेर रही रहेको समयमा राष्ट्रिय एकता तथा भ्रातृत्व जगाउने काम खेल क्षेत्रले गर्ने बताए।
खेलाडीले देशको इज्जत, प्रतिष्ठा जोगाउने काम गरेको भन्दै खेलाडीलाई सम्मान गर्ने काममा नेपाल सरकार लागिपरेको उनले उल्लेख गरे।
सरकार देश विकासको काममा तीव्र गतिमा लागेको भन्दै नेता श्रेष्ठले देशको विकासमा कसैले भाँजो हाल्ने काम गरेमा त्यस्तो कार्य आफूहरुको लागि स्वीकार्य नहुने बताए। उनले अहिलेको सरकारले गरेको विकास निर्माण देखेर विपक्षी अत्तालिएको बताए। रासस











-1784539922.jpg)