Kathmandu Press

मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको अर्थमन्त्रीकाे दाबी

मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको अर्थमन्त्रीकाे दाबी

काठमाडौं, मंसिर २७ : अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन्।

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेपनि अहिले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका हुन्।

Hardik ivf

आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरु अहिले क्रमश कार्यान्वयनका क्रममा रहेको उनले बताए। सरकारको चालु खर्चलाई गत वर्षको हाराहारीमा सिमित गरिएको भन्दै उहाले यस अवधिमा पुँजीगत खर्च तर्फ करीब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी दिए।

त्यस्तै यस अवधिमा भन्सार महसुल तर्फ करीब १३ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ करीब ७.१९ प्रतिशत, आयकर तर्फ करीब १२ प्रतिशत र  समग्र कर राजस्व तर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको समेत जानकारी दिए। मौद्रिक नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कायम गरिएको उनले बताए।

त्यस्तै उनले विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३०  प्रतिशले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको जानकारी दिए। मन्त्री महतले स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमती दिने गरी नयाँ मापदण्ड जारी गरिएको र चालु आर्थिक वर्षको विनियोजनको ४ गुणासम्म मात्र सहमती दिन सकिने व्यवस्था गरिएको बताए।

अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा शुरु गरिएको भन्दै उहाले जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरु गरिएको जिकिर गरे। त्यसैगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बिचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश  खुकुलो बनाउँदै लगिएको उनले बताए। 

प्रकाशित मिति: १४:४६ बजे, बुधबार, मंसिर २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्