Kathmandu Press

कंग्रेसले युक्रेन सहयाता रोके पनि अमेरिका साथमा रहन्छ : राष्ट्रपति बाइडेन

अमेरिकी कंग्रेसमा रिपब्लिकनहरूले ६० अर्ब डलरको सैन्य सहायता रोक्न खोजे पनि बाइडेन युक्रेनको साथमा देखिएका हुन् । मंगलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटमा बाइडेनले युक्रेनको साथ दिने बताए । 
कंग्रेसले युक्रेन सहयाता रोके पनि अमेरिका साथमा रहन्छ : राष्ट्रपति बाइडेन

काठमाडौं, मंसिर २७ : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने प्रस्ताव अमेरिकी कंग्रेसबाट अस्वीकृत भएको अवस्थामा पनि अमेरिकाले युक्रेनको साथ नछाड्ने बताएका छन् ।

अमेरिकी कंग्रेसमा रिपब्लिकनहरूले ६० अर्ब डलरको सैन्य सहायता रोक्न खोजे पनि बाइडेन युक्रेनको साथमा देखिएका हुन् । मंगलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटमा बाइडेनले युक्रेनको साथ दिने बताए । 

Hardik ivf

‘युक्रेनले रुसी आक्रमण विरुद्ध आफ्नो रक्षा गरिरहेको छ । र कुनै पनि सार्वभौम देशलाई त्यसो गर्ने अधिकार छ । कुनै पनि देशको सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण रहनुपर्छ भन्ने हाम्रो मान्यता हो । यदि अमेरिकाले युक्रेनलाई सहयोग गरिरहेको छ भने त्यसको पछाडिको एउटै कारण हो कि संसारको कुनै पनि देशले अरु कुनै देशलाई कब्जा गर्ने प्रयास गर्नु हुँदैन,’ बाइडेनले भनेका छन् ।
उनले रुसको अत्याचारको विश्व जगत नै साक्षी रहेकाले यसलाई जसरी पनि परास्त गर्ने उल्लेख गरे।

भेटमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि रुसविरुद्धको लडाइमा आफूहरुको जित हुने धारणा राखे । रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गर्दा युद्ध अधिकतम एक हप्तासम्म चल्ने दाबी गरिएको थियो । तर, युद्ध आजसम्म जारी छ । जहाँ पुटिनले रुसी आक्रमणलाई औचित्य पुष्टि गर्नका लागि सबै हर्कत गरिरहेका छन् भन्े युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसलाई सार्वभौम राष्ट्रमाथिको आक्रमण भन्दै आएका छन् ।

दुई देशबीचको युद्ध भएको २१ महिना बितिसकेको छ । रुस युक्रेन युद्धलाई लिएर अहिले खास गरेर ३ वटा प्रश्नहरुको चर्चा हुने गरेको छ । पहिलो शक्तिशाली रुसले युद्धलाई आफ्नो पक्षमा मोड्न नसकेको हो ? दोस्रो यो युद्धमा युक्रेन कसरी रहन्छ ? तेस्रो अमेरिका के चाहन्छ ? यी तीनवटै प्रश्नको उत्तर एकअर्कासँग सम्बन्धित छ । यी सबैको बीचमा अमेरिकाले युक्रेनी सहायतालाई यदि कंग्रेसले प्रस्ताव अस्वीकार गर्छ भने यो पुटिनका लागि क्रिसमस उपहार नै हुनेछ । 

प्रकाशित मिति: ०८:४८ बजे, बुधबार, मंसिर २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्